मन्त्रिपरिषद्लाई पुर्णता दिन देउवाको अन्तिम तयारी (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

मन्त्रिपरिषद्लाई पुर्णता दिन देउवाको अन्तिम तयारी (एक रिपोर्ट)

प्रधानमन्त्री शेरबहादुर देउवाको आफु नेतृत्वमा गठबन्धन सरकार बनेको झन्डै ७६ दिन पछि मन्त्रिपरिषदलाई पूर्णतादिन अन्तिम कसरतमा लागेको छन् । राजनैतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएसँगै गठबन्धन सरकारले पूर्णता पाउन लागेको हो । तर भागबन्डा र आन्तरिक किचलोका कारण लामो समयसम्म अपूर्ण रहेको मन्त्रिपरिषदले पूर्णता पाइहाले पनि देउवालाई सरकार सञ्चालन सहजभने देखिदैन ।

विगतमा जम्बो मन्त्रि मण्डल बनाएका कारण आलोचित भएका देउवा अहिले फेरि सरकार गठन भएको समयसम्म मन्त्रिमण्डललाई पूर्णता दिननसकेका कारण चौतर्फी रूपमा आलोचित बनेका छन् । सरकारको उपस्थिति कमजोर देखिँदा आलोचना बढ्नु पनि स्वाभाविक हो ।

सरकार विस्तारमा धेरै ढिलो भइसकेको भएतापनि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता गराएर आजभोलि नै सरकारलाई पूर्णता दिए पनि यो सरकारको आयु लामो नरहने नेकपा एमालेका नेता योगेश भट्टराइले बताए ।

अहिलेकै जसरी सरकार चलाएर जनतालाई थप निराश बनाउने हो भने सरकारमा रहेका घटक दलहरूलाई त घाटा हुन्छ नै, समग्रमा यसले लोकतन्त्रको सुदृढिकरणमा पनि घाटा हुन्छ । वर्तमान सत्ता गठबन्धनका सामुन्ने चुनौतीका अनेकौं चाङ छन् । यस्तो अवस्थामा गठबन्धन दलहरूले सरकारमा कस्ता नेताहरूलाई पठाउलान जनचासोको विषयबनेको छ ।

यसैगरी राजनैतिक विश्लेषक मुमाराम खनालले प्रधानमन्त्री देउवाले ठूलै कसरत पछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् तर यहि सरकारलाइ पूर्णकाल सम्म निरन्तरता दिन कठिन हुने बताउँछन् ।

देउवा सरकारलाई परेको गाँठो राजनीतिक दल सम्बन्धी अध्यादेश थियो । जुनफिर्ता भइसकेको छ । लामो समय मन्त्रालय खाली राखेर सरकार चलाइ रहँदा आलोचना खेपेका प्रधानमन्त्रीले अब कस्ता नेताहरूलाई मन्त्री नियुक्त गर्लान् र गठबन्धन सरकारलाई निरन्तरता देलान् भन्ने कुरा अग्नि परीक्षाको विषयबनेको छ ।

Leave a Reply

ताजा समाचार