मन्त्रालय भागवण्डामा कुरा नमिल्दा पूर्णता पाउन नसकेको स्पष्ट (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मन्त्रालय भागवण्डामा कुरा नमिल्दा पूर्णता पाउन नसकेको स्पष्ट (एक रिपोर्ट)

काठमाडौं । तत्कालिन नेकपाको आन्तरिक किचलोका कारण सत्ताको साँचो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पाएको पनि ३ महिना हुनलागि सक्यो । पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले गरेको संसद विघटन सर्वोच्च अदालतले दुवै पटक बदर गरेपछि मुलुकले गति लिन्ने आम विश्वासमा अहिले धक्का लागेको छ ।

संसद विघटनको विरुद्धमा अदालत गएका र हाल सत्ता गठबन्धनमा रहेका दलहरुबाट जनताले गरेको विश्वास विस्तारै हट्दै गएको छ । तत्कालिन ओलि सरकारलाई सत्ताबाट हटाउने वित्तिकै मुलुकको काया पलटगराउने भन्दै आएको सत्ता गठबन्धनमा यतिबेला कालो बादल मडारि रहेको र सरकार अपांग भएको नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले बताए ।

मुलुक दिनप्रति दिन राजनीतिक अस्थिरतामा फस्दै गएको छ । एकातिर संसदमा विपक्षी दलको अवरोध जारी छ भने अर्कातिर लामो समयदेखि पुर्णता पाउन नसकेको गठबन्धन सरकार आयु कसरी लम्ब्याउन सकिन्छ भन्ने चिन्ताबाट मुक्त हुनसकेको छैन ।

सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पुर्णता पाउने छाँटकाँट अझै देखिएको छैन । यसको प्रमुख कारण भागबन्डालाई नै मानिएको छ । संसदलाई छलेर दल विभाजन सम्बन्धि अध्यादेश जारी र स्वार्थ पुरा भएपछि खारेजीले प्रधानमन्त्री देउवा मध्यावधी चुनावको पक्षमा रहेको राजनीतिक विश्लेषक मुमाराम खनालले बताए ।

नेताहरुले बाहिर दावी जे जे गरेपनि मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा गठबन्धनभित्र सहमति जुटेको छैन । शीर्ष नेतृत्व तहमा निकै दौडधुप भैरहेपनि तीन महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा गठबन्धन सरकारमाथि गम्भिर प्रश्न उठन् थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);