प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा सहभागी मध्येको एक तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि नेताहरु सरकारलाई पूर्णता दिन सक्रिय बनेका छन् ।

गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको करिब डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् ।

दाहालले यसअघि नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);