मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल

prachand-and-deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट्न गएका हुन् । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको हो ।

देउवा नेतृत्वमा बनेको गठबन्धनको सरकारमा हाल प्रधानमन्त्री सहित ५ मन्त्री छन् । प्रधानमन्त्रीले सपथ ग्रहण गरेको दुई साता वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ ।

जसपाका सम्बन्धमा भने निर्वाचन आयोगले सोमबार उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि केही दिनमा नै जसपा सरकारमा जाने नेताहरुले बताएका छन् । तर गठबन्धनमा सहभागी भएका एमाले नेता माधवकुमार नेपाल पक्ष भने सरकारमा सहभागी हुने नहुने विषयले पनि मन्त्रिपरिषद् विस्तारमा अलमल रहेको देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);