कांग्रेसको क्रियाशील सदस्य १३ औं महाधिवेशन भन्दा दोब्बर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

कांग्रेसको क्रियाशील सदस्य १३ औं महाधिवेशन भन्दा दोब्बर

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको संख्या साढे आठ लाख नाघेको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७ सय ११ सदस्यहरुलाई क्रियाशील सदस्यता प्रदान गरिएको प्रतिवेदन बुझाएका छन् ।

क्रियाशील सदस्यको यो संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । समितिले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । रमेश लेखक नेतृत्वको छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

साढे आठ लाख क्रियाशील सदस्यमध्ये चार लाख ४३ हजार ६सय ७८ नयाँ सदस्यहरु हुन् भने ४ लाख ९ हजार ३३ जनाको नवीकरण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्रियाशील सदस्यमध्ये २२.६२ प्रतिशत मात्र महिला रहेका छन् ।

सबैभन्दा धेरै क्रियाशील सदस्य बागमती प्रदेशमा एक लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५ सय ६६ को नाम अनुमोदन भएको छ ।
समितिले विवाद रहेका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिको क्रियाशील सदस्य भने अझै टुंगो लगाउन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);