सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो

काठमाडाैं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगिएको छ ।

देउवा निवास बुढानीलकण्ठमा विवाद समाधान समितिमा रहेका नेताहरू पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई सोमबार साँझ प्रतिवेदन बुझाएका हुन् ।

विवाद मिलेपछि सभापति समितिले देउवालाई प्रतिवेदन बुझाएको देउवाको सचिवालयले जानकारी दिएको छ । सदस्यतामा रहेको विवाद समाधानका लागि गत साउन ३० गते पूर्वमहामन्त्री सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।

समितिलाई भदौ २ गतेसम्म क्रियाशील सदस्यता विवरण बुझाउने समय दिइएको थियो । तर, समितिले पाँच दिन ढिला गरेर सोमबार मात्र प्रतिवेदन बुझाएको हो । तर के का आधारमा विवाद समाधान गरिएको हो भन्ने खुलाइएको छैन ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि कार्यतालिकासहित निर्धारण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);