नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने कांग्रेस नेताहरुले जनाएका छन् । यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्षतहलाई दिँदै प्रतिवेदन बुझाएको थियो ।

पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन । यसैबीच, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसंख्या स्वीकार गर्न नसकिने बताएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);