कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

nepali congress party

काठमाडाैं, ३० चैत ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टीको १४ औं महाधिवेशनको आन्तिरिक कार्यतालिका परिवर्तन र नयाँ सत्ता समीकरणका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्न प्रस्ताव पेस गर्ने तयारी छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटक–पटक थप्दै आएको कांग्रेसमा पुनः थप्ने तयारी भएको हो ।

यसअघि बनाइएको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि आज सम्म तोकिएको छ । त्यो समयमा काम पूरा हुने सम्भावना नरहेपछि थप्न लागिएको हो ।

साथै आजको बैठकमा वर्तमान सरकारको विकल्प खोज्ने र कांग्रेस नेतृत्व लिने निर्ण गरेसँगै अगाडी बढेको छलफल र थप रणनीतिका विषयमासमेत छलफल हुने बताइएको छ ।

त्यो बाहेक आजको बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई संगठनमा समायोजन गर्ने विषयमा देखिएको विवाद समाधान र समयम बढाउने विषयमा प्रस्ताव पेस हुनेछ ।

यसैबीच पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद थप्ने विषयमा छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);