नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

आवश्यक तयारी नपुगेको भन्दै बिहीबार स्थगिते बैठक आज बस्न लागेको हो । बैठकमा कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने बताइएको छ ।

कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे बैठक बस्ने र क्रियाशील सदस्यता सम्बन्धी विषयको टुंगो लगाउने जानकारी दिए । बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको पौडेलको भनाई छ ।

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);