एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाल समूह सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपाल समूह सहभागी नहुने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा बरिष्ठ नेता माधव नेपाल समुह सहभागि नहुने भएको छ ।

बिहीबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले एमालेले आजको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा एमालेका नेता भिम रावलले पार्टी विधान विपरित गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसको निर्णयले पार्टी एकतामा हानी पु¥याउने भएकाले बैठकमा सहभागी नहुने निर्णय गरिएको बताए।

नेता रावलले एमालेलाई एकताबद्ध बनाउनको लागि सहमतीको प्रक्रियामा औपचारिक वार्ता गरिनुपर्ने र केन्द्रीय कमिटीको बैठक आवश्यक सहमतीका आधारमा स्थायी कमिटीको निर्णयको आधारमा बोलाइनुपर्ने पनि बताए ।

नेकपा एमालेले बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीलाई भंग गरी २०७५ साल जेठ २ गते अघिको अवस्थामा रहेको केन्द्रीय कमिटीलाई व्युँताएको थियो । सोही केन्द्रीय कमिटीको बैठक भोलीको लागि बोलाइएको भएपनि माधव नेपाल समुह नजाने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);