एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

काठमाडौं, ७ चैत। नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकले संसदीय दलको विधान संशोधन गर्ने तयारी गरिएको छ ।

२०७२ कै दलको विधानमा कतिपय व्यवस्था नयाँ संविधान अनुसार मिलाउनु पर्ने भएकाले संसदीय दलको बैठक बोलाइएको बताइएको छ । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्नुपर्ने हुन्छ ।

यसैबीच माधव नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले सबै एमाले नेताहरुलाई एकजुट हुन आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);