संसदीय दलको संशोधित विधान पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संसदीय दलको संशोधित विधान पारित

काठमाडौं, ७ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले दलको संशोधित विधानलाई पारित गरेको हो ।

चैत्र ५ गते दलको विधानलाई संशोधन गर्न प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र डा. विमला पौडेल राई सदस्य रहेको विधान संशोधन कमिटी गठन गरेको थियो । उक्त कमिटीले पेश गरेको प्रस्तावलाई संशोधनसहित पारित गरिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

संसदीय दलबाट सर्वसम्मत पारित भएको विधान केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गरिने प्रमुख सचेतक भट्टाराईले बताए । संशोधित विधानमा २९ सदस्यीय संसदीय बोर्ड हुने र एकतिहाइ महिला अनिवार्य हुनुपर्ने, संसदीय दलको उपनेतालाई दलको नेताले मनोनयन गर्ने तथा प्रतिनिधि सभाबाट मात्रै दलको नेता चयन गर्ने व्यवस्था गरिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

सांसद शेरबहादुर तामाङले केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि बोर्डको बैठक बसेर गुटगत गतिविधि गर्नेहरुलाई स्पष्टिकरण सोध्ने सम्बन्धी निर्णय भएको पनि जानकारी दिए ।

संसदीय दलको बैठकमा नेकपा एमाले नेपाल–खनाल पक्षका ३८ सांसदहरु अनुपस्थित रहेका थिए । नेपाल खनाल पक्षका सांसदहरुल बालुवाटारमा भएको संसदीय दलको बैठकप्रति ५ बुँदे असहमती पत्र बुझाएको छ । सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ लगायत पुगेर प्रधानमन्त्री ओलीलाई असहमती पत्र पेश गरेका हुन् ।

असहमती पत्र बुझ्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा सांसदहरुको माग सुनिने भएपनि समुहगत रुपमा आएको माग स्वीकार्य नुहने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदीय दलभित्र गुटको अस्तित्व स्वीकार नहुने प्रधानमन्त्री ओलीको भनाई रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);