नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केहीबेरमा सुरु हुँदै छ ।

nepali congress

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केहीबेरमा सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकले पार्टीको संसदीय दलको विधानलाई अनुमोदन गर्ने कार्यसूची छ । संसदीय दलको शनिबार बसेको बैठकले विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलले पारित गरेको विधान केन्द्रीय समितिले अनुमोदन गरेपछि कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने छ ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दाबी गर्दै आएका छन । संसदीय दलको शनिबारको बैठकमा नेता रामचन्द्र पौडेल पक्षधर केही नेताले संसदीय दलको नेतामा प्रतिस्पर्धा नगर्न देउवासँग आग्रह गरेका थिए ।

उनीहरुले यसअघि २०५१ र २०६४ सालको निर्वाचनमा पार्टी दोस्रो स्थानमा खुम्चिंदा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता छोडेको नजिर पेश गर्दै देउवाले महामन्त्री कोइराला वा पूर्वमहामन्त्री सिंहलाई जिम्मेवारी दिन लचकता प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);