यादवको विज्ञप्ति : जसपामा संसदीय दलको नेता छैन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यादवको विज्ञप्ति : जसपामा संसदीय दलको नेता छैन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पार्टीमा संसदीय दलको नेता नभएको जानकारी दिएका छन् ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले दलको संसदीय दलको नेतामा नेता राजेन्द्र महतो चयन भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएको केही समयमा अध्यक्ष यादवले आफ्नो पार्टीमा संसदीय दलको नेता नभएको भन्दै विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।

अध्यक्ष यादवले पार्टीमा हालसम्म संसदीय दलको विधान नबनेको र केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन पनि नभएको जानकारी गराउँदै विना विधान संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएका पत्र अवैधानिक भएको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख गरिएको छ–‘हाम्रो पार्टीको संघीय संसदीय दलको बैठक बसी नेता चयन भएको भनी केही सञ्चार माध्यमहरुमा भ्रमपूण प्रचार भएकाले संसदीइ दलको विधान समेत पारित नभएको अवस्थमा कसैले संसदीय दलको नेता चयन भएको भनी सचिवालयमा जानकारी दिएको भए त्यस्ता अवैधानिक कार्यलाई मान्यता प्रदान नगर्न हुन अनुरोध गर्दछौं ।’

मंगलबार नै अध्यक्ष यादवले आफू र अर्का अध्यक्ष ठाकुरबीच महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको बताएका थिए । मंगलबार साँझ ठाकुर पक्षले महतो संसदीय दलको नेतामा चयन भएको जानकारी गराउँदै संसद सचिवालयमा पत्र पठाएपछि जसपामा विवाद फेरि चुलिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);