प्रदेश २ मा जसपाका संसदीय दलका नेतामा लालबाबु राउत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

प्रदेश २ मा जसपाका संसदीय दलका नेतामा लालबाबु राउत

lalbabu rahut

जनकपुर । प्रदेश २ को संसदीय दलको नेतामा जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवसहितको उपस्थितिमा आज जनकपुरधाममा बसेको बैठकले राउतलाई संसदीय दलको नेता चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएसँगै प्रदेशसभा सचिवालयमा आजै पत्र सहित जानकारी गराइने भएको छ ।

यसका साथै बैठकले जसपाको संसदीय दलको विधान समेत पारित गरेको बताइएको छ । बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० र तत्कालिन राजपाबाट ६ प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गरेको बताइएको छ ।

केन्द्रमा जसपाका अर्का अध्यक्ष महन्त ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा सहभागी भएपनि त्यसको बाछिटा प्रदेशमा पनि पर्न थालेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);