जसपामा फेरि विवाद, ठाकुर पक्षद्वारा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जसपामा फेरि विवाद, ठाकुर पक्षद्वारा संसदीय दलको नेतामा महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्न भएको सहमति भाँडिएको छ ।

मंगलबार नै दुई अध्यक्षबीच महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भएको भए पनि ठाकुरले महतो संसदीय दलको नेतामा चयन भएको पत्र संसद सचिवालयलाई पत्राचार गरेपछि उनीहरुको सहमति भाँडिएको हो । ठाकुरले संघीय संसद सचिवालयलाई संसदीय दलको नेतामा महतो चयन भएको जानकारी पठाएको पत्र सचिवालयमा दर्ता समेत भइसकेको छ ।

यसअघि यादवले आफू र अर्का अध्यक्ष ठाकुरबीच महतोको संसदीय दलको पद खारेज गर्ने सहमति भएको बताएका थिए ।

यता अध्यक्ष ठाकुरले भने बैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले महतोलाई संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा चयन गरेको जानकारी गराउँदै आजै सचिवालयलाई पत्र पठाएका छन् । ठाकुरले पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाएका छन् ।

यादव पक्षका नेताहरुले भने यसको कडा आलोचना गरेका छन् । दुई अध्यक्षबीच सहमति भईसक्दा पनि यसरी पत्र पठाइएकोमा आक्रोश व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);