राप्रपा (प्रजान्त्रिक) संसदीय दलको नेतामा बोहरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाण्डौँ, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को संसदीय दलको नेतामा दीपक बोहरा चयन भएका छन्।

 

आइतबार पार्टी कार्यालय चावहिलमा बसेको संसदीय दलको बैठकले बोहरालालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
चयनपछि नेता बोहराले भने – मलाई साथीहरुले विश्वास गरेर सर्वसम्मत संसदीय दलको नेताको जिम्मेवारी दिनुभएको छ, अब पार्टीको संसद भित्रको उपस्थितिलाई प्रभावकारी प्रयत्न गर्छु।’

 

त्यस्तै राप्रपा (प्रजातान्त्रिक)को संसदीय दलले उपनेतामा भने विक्रम पाण्डेलाई चयन गरेको छ । बैठकमा सर्वसम्मत निर्णय भएपछि अध्यक्ष पशुपतिशमशेर राणाले दुबैलाई निर्वाचित भएको पत्र दिएका छन्।

 

राप्रपाबाट विभाजित भएर बनेको नयाँ दल राप्रपा (प्रजातान्त्रिक) अब संसदमा छैटौँ हैसियतको दल बन्न पुगेको छ । संसदमा राप्रपा (प्रजातान्त्रिक)सँग १८ सिट छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);