काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुँदैन : नेता रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

चन्द्रपुर, २५ भदौ । नेपाली काँग्रेसका नेता रमेश लेखकले मधेशी जनतालाई पटकपटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताएका छन् ।

 

नेपाल प्रेस युनियनले रौतहटको चन्द्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले मधेशी जनतालाई शंकाको दृष्टिले मात्र हेर्ने र चुनावको बेला उपयोग मात्र गर्ने पार्टीलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताए ।

 

तराई मधेशवासी विरोधी संकीर्ण पार्टीको रुपमा एमाले आएको उल्लेख गर्दै लेखकले संविधान संसोधन हुन नदिने एमालेको कदम तराई मधेशमाथिको अपमानको रुपमा परिभाषित गरे । लेखकले भने, “तराई मधेशको मात्र नभइ देशका अन्य भूगोल, समुदायले चाहेको विषयलाई समेत समेटेर हुन लागेको संविधान संसोधन हुन नदिएर एमालेले मधेशी लगायतका जनतामाथि अपमान गरेको छ। ”

 

नेता लेखकले एमालेले मधेशी भावना नबोक्ने र मधेशी दलले मधेशी मुद्दा बोक्ने प्रयास गरेपनि निष्कर्षमा पुर्योउन नसक्ने भएकाले मधेशका मुद्दा निष्कर्षमा पुर्याउन काँग्रेस बलियो हुनुपर्ने बताए । उनले भने, “काँग्रेसले बाहेक मधेशको मुद्दालाई कसैले पनि निष्कर्षमा पुर्योउन सक्दैन। बलियो जनमत प्राप्त काँग्रेसले नै तराई मधेशलाई कलियो बनाउँछ। यहाँका मुद्धालाई स्थापित गराउँछ।”

 

नेता लेखकले आफ्ना मुद्दा स्थापित गराउन पनि तराई मधेशले काँग्रेसलाई जिताउने विश्वास व्यक्त गरे ।

 

एमालेजस्तो मधेश विरोधी पार्टी र मधेशका नाममा गठन भएपनि विभाजित र कमजोर पार्टीहरुले मधेशको हित गर्न नसक्ने उल्लेख गदैै भने,“ मधेशका मुद्धा सम्वोधन काँग्रेसले मात्र गर्न सक्ने भएकाले तराई मधेशले काँग्रेसकै पक्षमा मत प्रदान गर्ने मेरो विश्वास छ ।”

 

प्रदेश नम्वर २ को स्थानिय तहको निर्वाचन तराई मधेशको पक्ष र विपक्षमा रहेका शक्तिहरुबीचको जनमतसंग्रह भएको नेता लेखकले बताए। मधेशका विपक्षमा रहेकाहरु फेरि जनतालाई भ्रम छर्दै मत माग्न लागिरहेका उल्लेख गर्दै नेता लेखकले तराई मधेशले त्यस्ता प्रवृती र शक्तिलाई निरुत्साहित गर्दै पाखा लगाउनुपर्ने बताए ।

 

नेता लेखकले भने, “काँग्रेस बलियो नभएसम्म मधेश बलियो हुन सक्दैन। भ्रम छर्नेको विश्वास गर्नुहुँदैन।”
नेता लेखकले तराई मधेशबाटै हुर्किएको काँग्रेसले बाहेक तराई मधेशको समस्या अरुले बुझ्न नसक्ने र हल पनि दिन नसक्ने दावी गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);