निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

जनकपुर, २२ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् ।

बुधबार धनुषाको जनकपुरमा आयोजित कार्यक्रममा नेता महताले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने,‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ । आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ।’
कार्यक्रममा बोल्दै नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे ।
उनले भने,‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् ।

सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरुको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन् । मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हमीलाई कहिल्यै स्विकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन्।’

मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । महतोले अघि थपे,‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ । मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ। उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशी जनताले सफलता पाउनेछन्।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);