फोरमसँग छिट्टै पार्टी एकता हुन्छ : राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फोरमसँग छिट्टै पार्टी एकता हुन्छ : राजेन्द्र महतो

काठमाडौं, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालबीच छिट्टै पार्टी एकता हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले तत्काल फोरमसँग एकता प्रक्रिया सुरु गर्ने बताए। उनले भने,‘राजपा र फोरमबीच पार्टी एकता हुन्छ । यसमा कुनै दुई मत छैन । कुरा मिलेको दिन एकता हुन्छ । अहिलेको जनमत पनि दुई पार्टी एकताको लागि नै हो । एकता अहिले हाम्रो प्राथमिकतामा छ।’

६ वटा पार्टी मिलेर राजपा बनाएको उल्लेख गर्दै उनले अब फोरमसँगपनि एकता हुनेमा शंका नगर्न आग्रह गरे । उनले २ नम्बर प्रदेशमा राजपा र फोरम गठबन्धनको सरकार बनाउन छलफल अघि बढ्को बताए । उनले भने,‘मुख्यमन्त्री दुई वटा पार्टीमध्ये एउटाबाट बन्नुपर्छ । फोरमबाट बन्दा पनि ठिकै छ । हामीलाई कुनै आपत्ति छैन । उहाँहरुको नै बढि सिट छ।’

आफूहरुले निर्वाचनलाई आन्दोलनकै रुपमा उपयोग गरेको उल्लेख गर्दै नेता महतोले भने,‘निर्वाचनमा हाम्रो विजयीसँगै आन्दोलनको जीत भएको छ । सहिदको पक्षमा मतदान भएको छ । यो वास्तवमा भन्नुहुन्छ भने मधेश आन्दोलनको जित हो । आन्दोलनको जुन एजेण्डा थियो, त्यसको जित हो।’

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि विजयी सांसद समेत रहेका नेता महतोले निर्वाचनपछि आफूहरुको राजनीतिक केन्द्रविन्दु र एजेण्डाको केन्द्रविन्दुमा संविधान संशोधन रहेको सुनाए । उनले भने,‘संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);