महतो र भण्डारीले भने : बहुलवादी राष्ट्र लोसपाको एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महतो र भण्डारीले भने : बहुलवादी राष्ट्र लोसपाको एजेन्डा

भद्रगोल पार्टीबाट मुक्ति पाइयो : राजेन्द्र महतो

काठमाडौं । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले सञ्चारकर्मीसँग कुरा गर्दै बहुल संविधानले नै स्विकारेकाले त्योअनुसार शासन, अधिकार र संविधानका लागि लड्ने बताए ।

बहुराष्ट्रको नजानेर विरोध गरिएको महतोको भनाई थियो । ’नेपाल एउटा देश हो । देशमा विवधता छ । नेसनालिटी बहुल छ । बहुल राज्य हो । त्यो अनुसार, शासन, संविधान र अधिकार चाहिएको छ । एउटाको देश होइन के । विभिन्न नेसनालिटी बसेको छ,’ उनले भने, ’देशलाई खण्डित गर्छ भनेर नबुझेर प्रचार भयो । बुझपचाउनेहरुले गरेको प्रचार हो । बुझपचाएको हो ।’

बहुल राष्ट्र नयाँ कुरा नभएको महतोले बताए । महतोले आफ्नो पार्टीको एजेण्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए । ’नेपाल सबै नेपालीको हो । चार जात छत्तिस वर्णको फुलवारी हो । सबैको भावना समेटिनु प¥यो । सबैको देश हो । सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ,’ उनले भने ।

नेता महतोले आफूहरुको लाइन गणतन्त्र नै भएको बताए । ’यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ ? यो भूत भगाउनुस् । हामी गणतन्त्रवादी हो,’ उनले भने ।

महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि जानकारी दिए । ’सरकारमा जाने प्रस्ताव आएको छैन । आएको अवस्थामा हाम्रो मूल्यमान्यता, मागको अवस्था हेरेर उचित निर्णय गर्छ । माग मुद्दाका लागि सरकारलाई समर्थन गरिसकेका छौं । माग पूरा ग¥यो भने जान पनि सकिन्छ,’ उनले भने ।

महतोले भद्रगोल पार्टीबाट मुक्ति पाइएको टिप्पणी गरे । नयाँ पार्टी समावेशी पार्टी हुने, हिमाल, पहाड, तराई सबैलाई समेट्ने उनको भनाइ छ ।

महतोले छिट्टै पदाधिकारीको कार्यविभाजन गर्ने पनि उल्लेख गरे । ’विगतमा देखिएको कमी कमजोरी हाम्रोमा देखिँदैन,’ उनले भने ।

नेता शरतसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ जना सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखतको गरेको जानकारी दिए । ’सनाखत भयो । दल दर्ता निर्वाचन आयोगले दिने हो । आजै दिन्छ होला,’ उनले भने ।

भण्डारीले सरकारमा जानेबारे अहिले कुनै टुंगो नभएको पनि बताए । ’हाम्रो पार्टी दर्ताको टुंगो लागेपछि बस्छौं । विश्वासको मत दिएकाले सरकारको सहयोगी पार्टी हुन्छौं । माग मुद्दाको सम्बोधनमा भर पर्छ । मुद्दा सम्बोधन प्रतिबद्धता गरेको आधारमा विश्वासको मत दिएको हो,’ उनले भने ।

भण्डारीले सरकारमा जानेबारे नसोचेको पनि बताए । ’माग मुद्दाकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ । माग मुद्दा सम्बोधनका आधारमा सरकारसँग सहकार्य हुन्छ,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);