बहुल राष्ट्र मुक्तिसंग्राम गर्नेलाई सत्ताको साँचो सुम्पिएर प्रधानमन्त्री ओली राष्ट्र विखण्डनको मतियार बनेको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बहुल राष्ट्र मुक्तिसंग्राम गर्नेलाई सत्ताको साँचो सुम्पिएर प्रधानमन्त्री ओली राष्ट्र विखण्डनको मतियार बनेको पौडेलको आरोप

ramchandra poudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुल राष्ट्र मुक्तिसंग्राम गर्नेलाई सत्ताको साँचो सुम्पिएर राष्ट्र विखण्डनको मतियार बनेको आरोप लगाएका छन् ।

नेता पौडेल सोमबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएपछि महतोले बहुल राष्ट्रमुक्ति संग्रामको तयारी गर्ने बताएका थिए ।

त्यसैलाई लक्षित गर्दे नेता पौडेलले प्रधानमन्त्री राष्ट्र विखण्डनको मतियार बन्न पुगेको बताएका हुन् । उनले व्यंग्य गरेका छन् – ‘बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुग्नुले राष्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ’

नेता पौडेलले सत्ता होइन व्यवस्थालाई महत्व दिउँ भन्ने नै सत्ताको पछि लागेको चुरे ध्वस्त गराएर मधेश डुवाउने र साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउन खोजेको आरोप समेत लगाएका छन् ।

‘सत्ता होइन व्यवस्थालार्य महत्व दिउँ भन्दै थिए । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा राष्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने’। ‘ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेछन् । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);