राप्रपा अध्यक्ष थापाको कटाक्ष "दुई अल्छी घोडाको चेपुवामा परियो" | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राप्रपा अध्यक्ष थापाको कटाक्ष “दुई अल्छी घोडाको चेपुवामा परियो”

कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टीका दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार समाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले पार्टी भित्र दुई अध्यक्षको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

अध्यक्ष थापाले आफूलाई दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको रूपमा चित्रण गरेका छन् ।थापले कटाक्ष गर्दे लेखेका छन्,‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्रगतिको घोडाको हालत के होला रु च्यापिएर थला पर्न बेर छैन। राप्रपामा पछिल्लो पटक एकता भएसंगै तिनै जना अध्यक्ष बनेका थिए ।

यता प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसंगै राप्रपाभित्र अन्तरविरोध तिव्ररुपमा चर्किएको छ। एकातिर थापा सरकारमा सहभागि हुन इच्छा व्यक्त गर्नु र अर्कोतर्फ राणा र लोहनी भने सरकारमा जानुहुन्न भन्ने मतभेतका कारण राप्रपाभत्रि अन्तरवरिोध झनै चर्किएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);