टर्की–सिरिया भूकम्पको २१ दिन पछि घोडाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

टर्की–सिरिया भूकम्पको २१ दिन पछि घोडाको सकुशल उद्धार

एजेन्सी । टर्कीको अदियामान सहरमा भूकम्प गएको २१ दिनपछि एउटा घोडाको उद्धार गरिएको छ । घोडालाई २७ फेब्रुअरीमा भग्नावशेषबाट बाहिर निकालिएको थियो । अहिले यसको भिडियो भाइरल भइरहेको छ ।

टर्की–सिरियामा फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म कुल ५० हजार ३२५ जनाको मृत्यु भइसकेको छ । आदियामान भूकम्पबाट सबैभन्दा बढी प्रभावित सहर हो ।

टर्कीका व्यापारी तानसु येगेनले घोडाको उद्धारको भिडियो सेयर गरेका छन् । उनले लेखेका छन् ‘अचम्मको कुरा, उद्धार टोलीले २१ दिनपछि घोडालाई जिउँदै निकालियो ।’ यो भिडियोलाई ३४ लाखभन्दा बढीले हेरिसकेका छन् । कतिपय प्रयोगकर्ताले यसबारे टिप्पणी पनि गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्,‘घोडा २१ दिनसम्म पानी बिना बाँचे । यो अचम्मको कुरा हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);