हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प, ३०४ को मृत्यु १८ सय बढी घाइते, राष्ट्रिय आपतकालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हाइटीमा ७.२ म्याग्निच्युडको भूकम्प, ३०४ को मृत्यु १८ सय बढी घाइते, राष्ट्रिय आपतकालको घोषणा

एजेन्सी । अफ्रिकन मूलुक हाइटीमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ७.२ म्याग्निच्युड स्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण कम्तीमा ३ सय ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने १८ सयजना भन्दा बढी घाइते भएका छन् ।

भूकम्पका कारण सर्वसाधारणका घरसहित ठूलो व्यापारिक भवनहरु तथा चर्च एवम् होटलहरु पनि भत्किएका छन् ।

११ वर्षअघिको भयानक भूकम्पबाट बल्ल तंग्रिँदै गरेको हाइटीमा भूकम्पले पश्चिमी भागमा क्षति पु¥याएको छ । सेन्ट लुइस डू सुड शहर भन्दा १२ किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे युएसजिएसले जनाएको छ ।

भूकम्पको धक्का अत्याधिक जनघनत्व भएको राजधानी पोर्ट–ओ–प्रिन्समा पनि महसुस भएको थियो ।

यसैबीच हाइटीका प्रधानमन्त्री एरियल हेनरीलेले भूकम्पका कारण गम्भीर क्षति भएको बताउँदै आगामी एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । प्रधानमन्त्री हेनरीले उद्धार तथा राहतका लागि उद्धारकर्मीहरुको टिम खटाइएको र भग्नावशेषमा फसेका वा पुरिएकाहरुको उद्धार अहिलेको प्राथमिकता रहेको समेत बताउनुभएको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले भूकम्प प्रभावित हाइटीमा तत्काल सहयोगका लागि स्वीकृति प्रदान गरेका छन्। युएसजिएसले भूकम्पका कारण हजारौँको मृत्यु भएको हुन सक्ने चेतावनी दिएको छ ।

अहिले पनि पराकम्पहरु आउने क्रम जारी रहेकाले सतर्क रहन भनिएको छ । सन् २०१० को जनवरी १२ मा हाइटीमा सात म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला भूकम्पमा परेर कम्तीमा एक लाख ६० हजार मानिसको ज्यान गएको थियो । सो भूकम्पको भग्नावशेषबाट उठ्दै गरेको हाइटीमा फेरि शक्तिशाली भूकम्प गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);