फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फिलिपिन्स भूकम्पः ५ जनाको मृत्यु, सयौँ पराक्रमपछि स्थानीय त्रसित

मनिला। भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले निरीक्षण गरेका छन्।

अब्रा प्रान्तमा बुधबार बिहान ७ दशमलब १ म्याग्निच्युडको भूकम्प जाँदा ५ जनाको मृत्यु हुनुका साथै १५० भन्दा बढी घाइते भएका थिए।

शक्तिशाली भूकम्पका कारण राजधानी मनिलाबाट सयौं किलोमिटर टाढा अब्राका भवनहरू भत्किएका छन् भने र अग्ला टावर लडेका छन् । प्रभावित क्षेत्रका केही स्थानमा पहिरो समेत गएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);