विक्कीसँग किन डरायो जियो स्टुडियो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विक्कीसँग किन डरायो जियो स्टुडियो ?

मुम्बई। ‘उरी : द सर्जिकल स्ट्राइक’जस्तो सुपरहिट फिल्म बनाएका निर्देशक आदित्य धर आफ्नो ड्रिम प्रोजेक्ट ‘द इम्मोर्टल अश्वत्थामा’लाई लिएर चर्चामा छन् । यो फिल्मलाई लिएर दिनहुँ नयाँ खबर बाहिर आइरहेका छन् ।

पछिल्लो खबरअनुसार फिल्मका निर्माताले प्रमुख अभिनेताका रुपमा अनुबन्धित अभिनेता विक्की कौशलको स्थानमा अर्को अभिनेतालाई अनुबन्ध गर्ने सोच बनाएका छन् । यो विषयमा निर्देशक आदित्य र निर्माताबीच निकै लामो बहससमेत भएको छ । आदित्यले फिल्मका लागि अभिनेता विक्कीलाई प्रमुख भूमिकामा फाइनल गरेका थिए । तर, निर्माण कम्पनी जियो स्टुडियोले विक्कीमाथि फिल्मको २२५ करोड रुपैयाँ दाउमा लगाउन चाहेको छैन । जियोले विक्कीमाथि आफ्नो भरोसा नभएको जनाएको छ । जियोले विक्कीको स्थानमा रणवीर सिंह वा ऋतिक रोशनलाई लिन चाहेको छ ।जियोले फिल्मका लागि अभिनेत्रीका रुपमा सामन्था रुथ प्रभुलाई कास्ट गर्न कुनै आपत्ति जनाएको छैन । तर, उसले विक्कीको हकमा भने यति धेरै बजेट लगानी गर्न उचित ठानेको छैन । हालैमात्र फिल्म निर्मातासमेत रहेका आदित्य धरले रकी स्क्रुवालाको फिल्ममा काम गर्न अस्वीकार गरेपछि यो ठूलो बजेटको फिल्मका लागि जियो स्टुडियोसँग कुराकानी गरेका छन् । कुराकानी अनुसार नै जियोले फिल्मका लागि २२५ करोड लगानी गर्न सहमत भएको हो ।

फिल्म आगामी वर्ष २०२३ मेमा फ्लोरमा जाने सम्भावना छ । जसका लागि आदित्य फिल्मको प्रि–प्रोडक्सनको काम पुरा गर्ने ध्याउन्नमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);