पहिलो फिल्ममा कसको कति पारिश्रमिक ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?

एजेन्सी। हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् । आलिया जस्तै बलिउडमा यस्ता धेरै सेलिब्रेटी छन्, जो आज फिल्मका लागि करोडौं पारिश्रमिक बुझ्छन् । तर, तपाईंहरुलाई थाहा छ, उनीहरुले आफ्नो पहिलो फिल्मका लागि कति पारिश्रमिक लिएका थिए ?

सलमान खान

सलमान खानले लिड एक्टरका रुपमा फिल्म ‘मैने प्यार किया’ बाट बलिउड डेब्यू गरेका थिए । यो फिल्मका लागि उनले ७५ हजार पारिश्रमिक लिएका थिए । उनले यसअघि फिल्म ‘बीबी हो तो ऐसी’ मा सहायक चरित्रमा अभिनय गरेका थिए । यो फिल्मका लागि उनले ११ हजार पारिश्रमिक लिएका थिए । भाग्यश्रीलाई यो फिल्ममा सलमानभन्दा बढी पारिश्रमिक दिइएको थियो ।

शाहरुख खान

सन् १९९२ मा रिलिज फिल्म ‘दीवाना’बाट शाहरुखले अभिनय करियर सुरुवात गरेका थिए । पहिलो फिल्ममा शाहरुखले ४ लाख पारिश्रमिक बुझेका थिए । यो फिल्मका लागि उनले फिल्मफेयर अवार्ड पनि जितेका थिए ।

अक्षय कुमार

अक्षयले लिड एक्टरका रुपमा पहिलोपटक फिल्म ‘सौगन्ध’बाट यात्रा सुरु गरेका थिए । यो फिल्ममा  उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए । यो भूमिकाका लागि उनले ५१ हजार पारिश्रमिक लिएका थिए ।

आमिर खान

सन् १९८८ मा रिलिज फिल्म ‘कयामत से कयामत तक’बाट आमिरले अभिनय करियरको सुरुवात गरेका थिए । उनले पहिलो फिल्मका लागि ११ हजार पारिश्रमिक लिएका थिए ।

अमिताभ बच्चन

आजभन्दा ५० वर्ष अघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट डेब्यू गरेका थिए । यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो । यो फिल्मका लागि उनले ५ हजार पारिश्रमिक बुझेका थिए ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले सन् २००७ मा रिलिज फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यो फिल्म ब्लकबस्टर हिट साबित भएको थियो । यो फिल्मका लागि उनले एक रुपैयाँ पनि पारिश्रमिक लिएकी थिइनन् ।

शाहिद कपूर

शाहिदले सन् २००३ मा रिलिज फिल्म ‘इश्क विश्क’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् । यो रोमान्टिक कमेडी फिल्मका लागि उनले १ लाख ५० हजार पारिश्रमिक लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);