युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग   | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग  

न्युयोर्क। अमेरिकाले युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गरेको छ । युक्रेनले स्वतन्त्र दिवस मनाइरहेका बेला वासिंगटनले किभलाई उक्त सहयोग प्रदान गरेको हो । रुसले युक्रेनमाथि हमला गरेको ६ महिना पुगेको छ । युक्रेनलाई नयाँ सैन्य सहयोग प्रदान गरिएको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन् । यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई ‘रूसी आतंक’विरुद्ध सतर्क रहन आग्रह गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला बढाइरहेका बेला युक्रेनले पनि आफ्नो प्रतिरोध कडा बनाएको छ ।  यसैबीच, क्रेमलिनले राष्ट्रपति भ्लादिमीर पुटिनका निकट सहयोगी तथा राष्ट्रवादी नेता डारिया दुगिनाको हत्यामा ‘कुनै दया नगर्ने’ चेतावनी दिएको छ । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् । बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);