युक्रेनलाई ६० अर्ब डलर सैन्य सहायता उपलब्ध गराउने बाइडेनको आश्वासन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

युक्रेनलाई ६० अर्ब डलर सैन्य सहायता उपलब्ध गराउने बाइडेनको आश्वासन

काठमाडौं,७ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता जसरी भएपनि जारी गर्ने आश्वासन दिनु भएको छ । अमेरिकी कंग्रेसबाट अन्तिम स्वीकृति चाहिने भएपनि बाइडेनले जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता जसरी भएपनि जारी गर्ने आश्वासन दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी कंग्रेसबाट यो सहायता स्वीकृत हुनेमा विश्वस्त रहेको बाइडेनको भनाइ छ । रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अव्दिभका सहरबाट युक्रेन आफ्ना सैन्य फौज फिर्ता गर्न बाध्यभएको अवस्थामा बाइडेनको आश्वासन निकै महत्वपूर्ण रहेको युक्रेनले जनाएको छ ।

युक्रेन अव्दिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु रहेको ह्वाइट हाउसको विश्लेषण छ । गत वर्ष बाख्मुतमा कब्जा गरेको रुसका लागि यो पनि ठुलो उपलब्धि मानिएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै युक्रेनले अव्दिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);