काठमाडौँ ।
नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । उहाँले बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गर्नुभयो । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महंगीँदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाउनु भयो ।उहाँले ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा सरकारलाई जवाफको लागि रुलिङ गर्न उहाँको माग छ ।




