जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा

काठमाडौँ 

जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ ।शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो । जानकी मन्दिर प्राङ्गणबाट शुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरुको परिक्रमा गरि महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो । सम्पदा यात्रमा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरुको बाजागाजासहित पद यात्रा गरिएको हो ।

जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ । यात्रामा स्थानिय बासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

Leave a Reply