सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

janakpurdham

काठमाडौं, २ भदौ । पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् ।

सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो ।

बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ललितपुरका बुङमती र खोकना, काभ्रेको पनौती, पाल्पाको तानसेन, जनकपुरको जानकी मन्दिर, जुम्लाको सिन्जा, मुस्ताङको लोमान्थाङलगायत ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएका ठाउँ विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);