जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान तीव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियान तीव्र

जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई  विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ । युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा  सूचीकरण गराउन आवश्क पर्ने मापदण्ड, त्यसको पूर्वतयारी, सूचीकरण गराउन आवश्यक पर्ने कानुन प्रक्रियाको विषयमा जनकपुरधाम उपमहनगरपालिकाले थालेको छ । 

गत आर्थिक वर्षमै उपमहानगरपालिकाले जानकी मन्दिरको वरिपरि पर्ने जग्गा, सडक, घरधुरी, जनसंख्या लगायतका तथ्यांक संकलन गर्ने कार्य गराइसकेको छ । त्यसैगरी, उपमहानगरपालिककै प्रस्तवामा संघीय सरकारले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि नीति तथा कार्यक्रम र बजेट उल्लेख गरिसकेको छ । जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीकृत गराउने अभियानमा स्थानीयवासी एकमत रहेका छन् । 

जनकपुरधाममा उप–महानगरपालिकाले जानकी मन्दिरलाई युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण सम्बन्धी आयोजना गरेको वृह्त परामर्श कार्यशाला गोष्ठीमा सहभागि सरोकारवालाहरूले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जनकपुरधाम उपमहानगरपालिका  मेयर लालकिशोर साहले राज्यबाट वर्षौंदेखि उपेक्षा गरेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि आफूहरूले सक्रियता बढाएको बताए ।

साविकको जनकपुर उपमहानगरपालिको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका बनाउने निर्णय गर्नु पनि जानकी मन्दिरलाई सूचीकृत गराउने पहिलो खुड्किलोको रुपमा रहेको बताउँदै मेयर साहले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकरणको लागि थुप्रै क्राइटेरिया पूरा गर्नुपर्ने हुन्छ र सोकै तयारीकै सोचसहित  उपमहनगरपालिकाले भवनहरूलाई मिथिलाको पौराणिकतासँग जोडेर हामीले नामाकरण ग¥यौँ । बाँकी काम पनि सक्रियतापूर्व अगाडि बढाइएको छौँ ।’ 

जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकरणको लागि उठाएको कदम सरहानीय रहेको बताए । उनले २०५२ सालदेखि नै विश्व सम्पदा सूची र जानकी मन्दिरको चर्चा बाल्यावस्थादेखि नै सुन्दै आएपनि आधिकारिक रूपमा स्थानीय सरकारीस्तरबाटै  त्यसको लागि भइरहेको प्रयासले सकरात्मक सन्देश प्रवाह गरेको बताए । 

कार्यक्रममा सांस्कृतिकविज्ञ काई वाईजले कुनै पनि सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सांस्कृति तथा प्राकृतिक स्वरुपको आधारमा सुचीकरण गर्न सकिने युनेस्कोकोले मापदण्ड बनाएको बताए । सोमध्ये जुनसुकै मापदण्ड पूरा भएपछि सूचीकृतको प्रक्रिया अघि बढ्ने जानकारी गराए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);