तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृयामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृयामा

कपिलवस्तु । लामो समय देखिको अध्ययन अनुसन्धान पछि तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृतको लागि आवश्यक प्रकृया शुरु भएको छ । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट विश्व सम्पदा सूचिमा पुर्याउन विज्ञहरुको टोलीले काम गरिरहेको छ ।

नेपाल सरकारको गौरवको योजना अन्तरगत समावेश भएको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न विभिन्न निकायले आवश्यक काम गरिरहेको जनाईएका छ । पुरातात्विक महत्व बोकेको तिलौराकोट दरबार र त्यस आसपास क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान, उत्खनन, सर्वे र अन्वेषण भइरहेको छ ।

लुम्बिनी विकास कोषको समन्वयमा पुरातत्व विभाग, युनेस्को, वेलायतको दुरहाम विश्वविद्यालय लगाएतको सहकार्यमा पुरातत्व क्षेत्र तिलौराकोटमा विगत १० वर्षदेखि उत्खनन् भइरहेको छ ।

उत्खननबाट तिलौराकोटमा संग्रहालय, पश्चिमी र पूर्वीद्धार, केन्द्रिय संरचना परिसर, मध्यभागको पोखरी, किल्ला, जोडी स्तुप, विहार र प्राचिन औद्योगिक क्षेत्र र प्राचिन शहरको प्रमाण भेटिएको छ ।

पछिल्ला समय विश्व सम्पदा महासन्धीअनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृतका लागि आवश्यक कामहरु भइरहेको पुरातत्व विभागका प्रमुख रामबहादुर कुँबरले जानकारी दिए ।

तौलिहवामा सोमबार आयोजित छलफल कार्यक्रममा तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने प्रकृयामा तयार भएको विज्ञहरुको समुहले तयार पारेको प्रारम्भिक चरणको प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिएको थियो । प्रतिवेदनमाथि कपिलवस्तुबासीले विभिन्न सुझाव र राय पेश गरेका छन् ।

छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य दीर्घ नारायण पाण्डे, पूर्व मन्त्री दिपकुमार उपाध्याय, नेकपा एमालेका डम्मर शर्मा, बाबुराम खनाल, नेपाली काँग्रेसका रामआशिष पाण्डे, महिला नेतृ गीता अन्जान, समाजसेवी गुणाखर गैरे लगाएतले कपिलवस्तु खुला संग्रहालय भएकाले यसको संरक्षण र विकासमा आफुहरु सदैव कृयाशिल रहने बताएका थिए ।

तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा लैजाने प्रकृयाबारे कपिलवस्तुवासीलाई सहभागी गराएर अपनत्व, यहाँको विकास र संरक्षण तथा दिगोपनालाई जोड दिनुपर्ने औल्याएका थिए ।

सरोकारवालाले महामानव गौतम बुद्धले २९ वर्ष विताएको तिलौराकोट दरबार, बुद्धसंग सम्वन्धित महत्वपूर्ण स्थलहरु र तिलौराकोट क्षेत्रको जग्गा अधिग्रहण, स्थानीय समुदायको जीविकोपार्जन, सचेतना, स्थानीय सरकारको सहभागीतालाई जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री धर्म बहादुरलाल श्रीवास्तवले केपी शर्मा ओलीको पालामा तिलौराकोट क्षेत्रको विकासलाई महत्व दिएको बताउदै विश्वसम्पदा सूचिको तयारीका लागि आवश्यक बजेट र कार्यक्रमसमेत समावेश भएको बताउनुभयो । उहाँले तिलौराकोट क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताउए।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका मन्त्री श्रीवास्तवले विश्व सम्पदा सूचीमा सूचिकृतका लागि ठोस योजना र सही सूचना सहितसरोकारवालासंग नियमित छलफल गर्नुपर्ने सुझाव समेत दिएका छन्।

कार्यक्रममा विज्ञ समूहका प्रमुख तथा सम्पदा योजनाकार काई वेइजले अवको ३ वर्ष भित्रै सवैको सहयोगले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत हुने दावी गरे । सूचिकृतका लागि केही महत्वपूर्ण डकुमेन्टहरु तयारी गर्न समय लाग्छ, प्रमुख वेइजले भन्नुभयो –विश्व सम्पदाका लागि विभिन्न शर्तहरु पुरा गर्नुपर्दछ र त्यसका लागि स्थानीय समुदाय र सरकारको सहयोगको खाचो छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले तिलौराकोट क्षेत्रको संरक्षण र विकासमा आफु निरन्तर लागिरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);