नदीजन्य वस्तुको अवैध दोहन रोक्नका लागि पर्वत प्रहरीको २४ घण्टे ड्युटी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नदीजन्य वस्तुको अवैध दोहन रोक्नका लागि पर्वत प्रहरीको २४ घण्टे ड्युटी

पर्वत । विश्वमै दुर्लभ मानिएको शालिग्राम शीला पाइने कालीगण्डकी नदीमा नदीजन्य वस्तुको अवैध दोहन रोक्नका लागि पर्वत प्रहरीले २४ घण्टे ड्युटी सुरु गरेको छ ।

रातको समयमा पनि प्रहरीहरु नदी छेउ गस्तीमा खटिने गरेका छन् । अवैध तरिकाले नदीबाट बालुवा तथा ढुंगा दोहन भइरहेको गुनासो आएपछि नियमित गस्ती गरिएको प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

असार १५ देखि हाल सम्म विभिन्न ट्याक्टर ठूलो सानो मेसिन टिपर नियन्त्रणमा लिइ कारबाही गरिएको छ । प्रहरीको कारबाहीमा पटक पटक पर्ने र जरिवाना बढी हूने भएकाले मेसिनहरुमा नम्बर प्लेट नराख्ने गरेको पाइन्छ ।

नदी दोहन सम्बन्धी कानूनले स्थानीय तहलाई धेरै अधिकार दिएकोले यसको मुख्य नियमन निकाय स्थानीय तह नै हुने गरेको छ । जिल्लाको कुश्मा नगरपालिका ,जलजला गाउँपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिका हँुदै कालीगण्डकी नदी बग्ने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);