नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागि सामुहिक अनुगमन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नदीजन्य पदार्थको चोरी नियन्त्रणका लागि सामुहिक अनुगमन

giti-baluwa

पुष्कर भट्ट
कञ्चनपुर, ८ असोज । नदी क्षेत्रबाट हुने अवैधानिक रुपमा नदीजन्य पदार्थको उत्खनन्, चोरी निकासीलाई ध्यानमा राखी कञ्चनपुर नगरपालिका बेदकोट नगरपालिकाको नदीमा अनुगमन थालिएको छ ।

नदीजन्य पदार्थको चोरीलाई आगामी दिनहरुमा नियन्त्रण गर्न नदीजन्य पदार्थ उत्खनन् समयको अगाडि नै नदी क्षेत्रमा निगरानी बढाइएको छ । बेदकोट नगरपालिका, सुरक्षा निकाय, वन कार्यालय र जिल्ला समन्वय समितिको सामुहिक टोली यसका लागि खटिएको छ ।

ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य पदार्थ निकाल्न वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन अनुरुप निकाल्न सहज हुने बताउँदै बस्ती स्तर र चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी नदीजन्य पदार्थको उत्खनन् हुनु पर्ने हुन्छ ।

चुरे क्षेत्रको उत्खन्न र दोहन हुन नदिन नदीमा निगरानी आवश्यक रहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताउनुभयो ।

खोलाहरुमा पुल नजिकको ५ सय मिटर तल माथि, नदी किनारा २५ मिटर छोडेर उत्खनन् गर्नु पर्ने व्यवस्था उल्लेख गरीएको छ भने चुरे क्षेत्रभन्दा ३ किलोमिटर तल मात्र नदीजन्य पदार्थ उत्खनन् गरीने व्यवस्था रहेको प्रमुख चन्दको भनाई छ ।

मापदण्ड विपरित रहेर विगतको वर्षमा नदीजन्य पदार्थको उत्खनन् भएको बताउँदै जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले अबको समयमा फेरी सोही प्रकारको गल्ती नहुने बताउनु भयो ।

वन ऐन २०४९ अनुरुप बन क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने जिल्ला वन कार्यालयका प्रमुख अजय विक्रम मानन्धरले बताउनुभयो । उहाँले चुरे क्षेत्र नजिकबाट उत्खनन् कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याईने समेत बताउनु भयो।

बेदकोट नगरपालिकाले छेला खोला, बगुन खोला, घुर्सुवा मुसेपानी खोला लगायतका खोलाबाट गत आर्थिक वर्षमा नदीजन्य पदार्थको उत्खनन् बापत ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कञ्चनपुरका नदीहरुमा अवैध रुपमा पटक पटक चोरी निकासी र उत्खनन हुंदा पनि अहिलेसम्म कारबाही भने कसैलाई भएको छैन । अबका दिनमा भेटिए कानून बमोजिम कारबाही गरिने अनुगमन टोलीले प्रतिवद्धता जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);