कञ्चनपुरको वण्डखोलाबाट नदीजन्य पदार्थको गैरकानुनी उत्खनन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कञ्चनपुरको वण्डखोलाबाट नदीजन्य पदार्थको गैरकानुनी उत्खनन

kanchanpur utkhanan

कञ्चनपुर, २७ चैत । कञ्चनपुरको उत्तरी क्षेत्र वण्डखोलाबाट नदीजन्य पदार्थ उत्खनन् बढेको छ । चुरेको फेदमा रहेको कृष्णपुर नगरपालिका–२ वण्डखोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको हो ।

स्काभेटर लगाएर चुरेकै फेदबाट नदीजन्य पदार्थ उत्खनन् हुँदा समेत स्थानीय तहले रोकथामका लागि पहल गरेको छैन । नदीजन्य पदार्थको उत्कखनन्ले वन विनास हुनुकासाथै बस्ती जोखिममा परेको भन्दै स्थानीयले उत्खनन् रोक्न माग गरेका छन् ।

जिल्ला वन कार्यालय कञ्चनपुरले अनुगमन गरेर मापदण्ड विरित उत्खनन् रोक्न निर्देशन दिएको जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले थेगिम कन्स्ट्रक्सनलाई २ करोडमा वण्डखोलाको नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का दिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);