गैरकानुनी रुपमा नदीजन्य वस्तुको उत्खनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गैरकानुनी रुपमा नदीजन्य वस्तुको उत्खनन्

बारा, ३० साउन । बारामा क्रशर उद्योगहरुले गैरकानुनी रुपमा नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन् । स्थानीय तहले अनुमति नदिएको सार्वजनिक क्षेत्रमा पनि उत्खनन् गरिरहेका हुन् । कोरोनाको बाहनामा क्रशर उद्योगहरुले बाराका खोलामा उत्खनन् गरेपनि सम्बन्धित निकायले मौनता साँधीरहेका छन् । क्रशर उद्योगहरुले खोलाको उत्खनन् गर्ने अनुमति लिएर सार्वजनिक जग्गा कब्जा गरेका हुन् ।

बारामा बकैया खोलामा रहेका अबैध क्रसर उद्योग र उत्खनन गर्न अनुमती पाएको सुदिपा ट्रेनिङ्ग कम्पनी प्रालिको मिलेमतोमा अहिले उत्खनन भईरहेको छ ।निजगढ नगरपालिकाको निश्चित खोलामा मात्रै उत्खननको अनुमाति दिएको छ । तर, बाराका क्रशर उद्योगले अनुमति नदिएको खोलाको नदीजन्य वस्तु उत्खनन् गरिरहेका छन् ।

सुदिपा ट्रेनिङ्ग कम्पनी प्रालिले निजगढ नगरपालिका वडा नं.९ बकैया खोला नजिकै रहेको सार्वजनिक जग्गा समेत कब्जा गरेको छ । उत्खनन्को अनुमति पाएको कम्पनीले सार्वजनिक जग्गा नै कब्जा गरेर उत्खनन् गरिरहेको छ ।

पटक पटक स्थानीयले संबन्धित निकायलाई खबर गर्दा समेत चाँसो दिएका छैनन् । स्थानीय प्रशासनको मौनता र क्रशरहरुको सक्रियताले नदी दोहन भइरहेको छ ।निजगढ नगरपालिकाकोे संरक्षणमा क्रसर उद्योगले खोलामा उत्खनन गरेकोको स्थानीयको आरोप छ ।

सार्वजनिक जग्गा र बाटोबाटै ढुङ्गा , ग्रेभल निकाल्न थालेपछि स्थानीयले अहिले विरोध गरिरहेका छन् ।स्थानीयले निजगढ वडा नं.९ का सम्पूर्ण क्रसर उद्योग पटक पटक बन्द गराउदै आएका पनि छन् । तर, सुदिपाको मिलेमतोमा अवैधानिकरुपले दोहन भइरहेको छ ।

अघिल्लो वर्ष भन्दा चालु आर्थिक वर्षमा खोला किनार ५/६ मिटर बस्ती तर्फ उत्खनन् गरिएको छ । निरन्तर नदीमाथि भइरहेको उत्खनन्ले बस्ती समेत जोखिममा परेको छ ।
निजगढ नगरपालिका भित्र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग , ठेकेदार कम्पनी, बालुवा व्यवसायीहरुले बकैया , धन्सार , पसाहा र बालगंगा नदीबाट नदीजन्य पदार्थ उत्खनन र संकलन कार्य जारी राखेका छन् ।

व्यवसायीले असार अघिका महिनामा जस्तै नियमित रूपमा खोला बगरबाट निर्वाद्रूपमा उत्खनन जारी राखेका छन् । व्यवसायीहरूले टेक्टर , ट्रिपर , ट्रकबाट नदीजन्य पदार्थको अवैध उत्खनन गर्दै आएका छन् ।यद्यपी नदीमा भइरहेको दोहन रोक्न प्रहरीले नगरपालिकालाइ सघाएको बताएको छ ।उता नगरले मिलेमतोमा नदी किनार दोहन गर्नेलाई कडा कार्वाही गर्ने बताएको छ । अनुमति लिएको मौकामा क्रशर उद्योगसंग मिलेर गैरकानुनी काम गरेको भेटिएमा वडाले कार्वाही गर्ने उसको दाबी छ ।

स्थानीय तह र क्रशरहरुबीच अदृष्यको सम्बन्ध देखिन्छ । वडाले कार्वाही गर्ने बताउदै आएपनि क्रशर उद्योगले निर्वादरुपमा दोहन गरिरहेका छन् । अमूक कम्पनीले अनुमति लिएको बाहनामा अन्य क्रशरले नदीमाथि मनलाग्दि गरिरहेका छन् । स्थानीय प्रशासन रमित बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);