धराप बन्दै राजमार्गका पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धराप बन्दै राजमार्गका पुल

rajmarga ka pul dharap

महोत्तरी, २८ पुस । महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

जीर्ण सडकका कारण यात्रुहरुले सास्ती खेप्नुपरिरहेको छ भने सडकमा र पुलपुलेसामा गरिएको अर्बौं लगानी खेर जाने सम्भावना बढ्दै गएको छ। उल्लिखित तीन नगरपालिकाकाले जिल्लामा बग्ने नदीहरूबाट बालुवा, गिट्टी र ढुंगालगायत नदीजन्य सामग्री खन्ने ठेक्का सम्झौता गरी अनुमति दिएपछि अहिले पुल, जंगल क्षेत्र, ग्रामीण बस्ती, खेतियोग्य जग्गा र खोलाको मुख्य बहाव क्षेत्र जताततै उत्खननको क्रम ह्वात्तै बढेको छ।

किसाननगरमा पर्ने रातु खोला र पशुपतिनगरमा पर्ने रातु खोलामा अहिले दिनरात ठूल्ठूला एक्साभेटर प्रयोग गरेर ढुंगा, बालुवा, गिट्टी खन्ने कामले तीव्रता पाएको हो।

क्रसर उद्योगीसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतोमा अनधिकृत उत्खन्न हुने कामले निरन्तरता पाइरहेको स्थानिय बताउँछन्। बर्दिबास–११ किसाननगर र वडा ९ पशुपतिनगरआसपासका क्रसर उद्योगीले अहिले धमाधम खोला खोस्रने कार्यलाई निरन्तरता दिइरहेको पशुपतिनगर–९ का स्थानीय राजनीतिकर्मी रामजतन महतोले बताए।

पहिला स्थानीय सरकारले रातु नदीका दुवै किनारमा तटबन्धको व्यवस्था मिलाइदिनुपर्छ अनि मात्र रातु खोलाबाट उत्खनन गर्ने अनुमति दिनुपर्ने माग स्थानीयको रहेको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);