मापदण्डविपरीत उत्खनन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मापदण्डविपरीत उत्खनन

mapdanda biparit utkhanan

दैलेख, ७ बैशाख ।  कर्णाली राजमार्गअन्तर्गतका सडक र त्यहाँ पर्ने पुल निर्माणका लागि भनेर स्थापना गरिएको एउटा अस्थायी क्रसर उद्योगले मापदण्डविपरीत उत्खनन गरी नदीजन्य सामग्री बिक्री गरेको पाइएको छ। दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरमा रसुवा-सूर्य जेभीमार्फत बन्न लागेका पुल र सडकका लागि सो क्रसर स्थापना गरिएको हो।

त्यहाँको लोहोरेखोलामै जोडेर क्रसर उद्योग राखिएको छ। नियमअनुसार त्यस्तो ठाडो ठाउँमा क्रसर उद्योग नै राख्न मिल्दैन। क्रसरले खोला दोहन गरेर गहिरो बनाइसकेको छ। खोलाको बीचबाटै उद्योगले ढुंगाा र बालुवा उत्खनन गरी मापदण्डविपरीत काम गरेको छ। अस्थायी रूपमा सञ्चालनको अनुमति पाएको सो क्रसर उद्योगले जथाभाबी नदी दोहन गरी ढुंगा, गिट्टी र बालुवा उद्देश्यविपरीत बिक्री गरेको पाइएको हो।

ढुंगा, ग्राभेल बालुवा, गिट्टी, मिस्कट, भस्कट, माटोजस्ता नदीजन्य पदार्थलगायत प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र सदुपयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ। तर सो क्रसर उद्योगले कर्णाली नदीबाटै कच्चा पदार्थ झिक्ने गरेको पाइएको छ। सो क्रसरले तल्लो डुंगेश्वरस्थित कर्णाली राजमार्गमा रहेको लोहोरे खोलास्थित पुलआसपासबाट एक्साभेटर प्रयोग गरी ढुंगा तथा बालुवा खुलेआम झिकेको देख्न पाइन्छ। दुल्लु नगरपालिकाले अस्थायी रूपमा राजमार्ग मर्मत र पुल निर्माणका लागि अस्थायी रूपमा क्रसर सञ्चालन अनुमति दिएको जनाएको छ। ‘कर्णाली राजमार्ग मर्मत र पुलबाहेक अन्य व्यावसायिक प्रयोजनले कुनै सामग्री बिक्री गर्न पाइन्न,’ स्रोतको भन्यो। सो क्रसरबाट उत्खनन गरिएका सामग्री जिल्लाका अगुवाहरूकै सेटिङमा जिल्लाभित्र र बाहिर बिक्री गर्ने गरिएको स्रोतको भनाइ छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);