पिक एन्ड ड्रप : ट्राफिक जाममा कमी, यात्रुलाई असहज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पिक एन्ड ड्रप : ट्राफिक जाममा कमी, यात्रुलाई असहज

tundikhel-pick and drop

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ । महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत भयो । तर, ट्राफिक प्रहरीले यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएकाले अहिले यात्रुहरू निश्चित ठाउँमा बसेर गाडी चढ्ने गरेका छन् । ‘पिक एन्ड ड्रप’ले यात्रुलाई केही असहज भए पनि निजी तथा अन्य सवारीसाधन चलाउनेलाई भने सहज भएको छ । ट्राफिक जाम केही कम भएकाले अलि चाँडै गन्तव्यमा पुग्न थालेका छन् ।

जाममा गाडी चढ्ने होड
गाडी चढ्न हिँड्नुपर्ने बाध्यता भएपछि यात्रुले जाममै गाडी चढ्ने गरेका छन् । यो व्यवस्था लागू भएको रुटमा जाम परेको अवस्थामा दौडिएर गाडी चढ्ने होड नै चल्ने गरेको छ । हिँड्नुभन्दा जाममा बस चढ्नु निको भन्दै यात्रुमा यस्तो होड देखिएको छ । जाममा गाडी चढ्न सडकबार नै नाघेर जाने अवस्थासमेत निम्तिएको छ । जसले दुर्घटनाको सम्भावना बढाएको छ । तर, ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त भने यो व्यवस्थाका कारण जाम कम भएकाले त्यो सम्भावना नरहेको बताउँछन् ।

जाम घटेको दाबी
‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको ट्राफिक प्रहरीको दाबी छ । ‘जाम घटाएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ,’ पन्तले भने । यसले गर्दा सडक अनुशासन कायम भएको उनको भनाइ छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);