बारा जिल्लाका अधिकांश जीर्ण पुलहरु उच्च जोखिमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बारा जिल्लाका अधिकांश जीर्ण पुलहरु उच्च जोखिमा

बारा । पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथमा पर्ने बारा जिल्लाका अधिकांश जीर्ण पुलहरु उच्च जोखिमा रहेका छन् ।

संवन्धित निकायले मरर्मत संभारमा समय मैं ध्यान नपुर्याउँदा करोडौंको लागतमा बनेका पुलहरु उच्च जोखिममा पर्दै गएका हुँन् । 

पुर्व पश्चिम राजमार्गको पथलैया निजगढ सडक खण्डमा लालबकैया, पसाहा, दुधौरा छन् भने, विरगंज हेटौंडा सडक खण्डमा, एक, दुई र तीन नम्बर लगायतका पुलहरु पुल उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको  छ । 

जोखिममा नपरेको भनिएको बाराको सिमरा स्थित दुधौरा खोलाको पुल दुई पटक भाँसिइसकेको छ । पहिलो पटक पुन: निर्माण गरिएको थियो । भने अहिले नयाँ निर्माणको थालनीसँगै डाईभर्सनबाट यातायात सञ्चालनमा ल्याइएको छ ।  

पुल भाँसिनाले यात्रु र सवारी साधनले ठुलो सास्ती बेहोर्न परेको छ । भने, सरकारले समेत ठुलो क्षति बेहोर्नु परेको छ । पुलहरु जोखिममा पर्नुको विभिन्न कारण मध्ये पुल नजिकबाट ढुंगा, गिटी बालुवा उत्खनन् हुँनु नैं मुख्य कारण भएको सुपरभिजनमा आएका सरकारी  प्राविधिकहरुको ठम्याई रहेको छ । 

प्राय सबै पुलहरु राष्ट्रिय वन र पर्सा बन्यजन्तु निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने हुँदा स्थानीय निकायहरुले स्थानीय आय आर्जनका लागि वर्षेनी करोडौंमा ठेक्का लगाउँने गरेका छन् ।   ठेक्का लगाई रहँदा आर्थिक चलखेलका कारण नदी उत्खननमा मापदण्डको पालना नहुँने र सरोकारवाला निकायले अनुगमन समेत नगरी दिदा पुलहरुको जोखिम बढ्दै गएको सरोकारवालाहरु बताउँ छन् । 

सडक डिभिजन कार्यालय हेटौंडाका डिभिजन प्रमुख इन्जिनियर खड्ग लाल श्रेष्ठले पुल जोखिममा रहेको स्वीकार्दै मरर्मतका लागि बजेट बिनियोजन भईसकेकाले व्यावस्थापन तर्फ आँफुहरु लागि सकेको बताएका छन् ।   

उनले पुल जोखिममा रहँनुका मुख्य ३ कारण मध्ये मापदण्ड बिपरीतका उत्खनन, ओभरलोड र सवारीमा भएका बृद्धिले पुलहरु जिर्ण बन्दै जाँदा जोखिम बढेको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);