पुलहरु जिर्ण बन्दा स्थानीयलाई आवत जावतमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पुलहरु जिर्ण बन्दा स्थानीयलाई आवत जावतमा समस्या

बाग्लुङ,२३ कार्तिक । झोलुङ्गे पुलहरुको जिल्ला भनेर चिनिने बाग्लुङमा पछिल्लो समय थुप्रै स्थानमा झोलुङ्गे पुलहरु बनेका छन् । तर गाउँगाउँमा मोटरबाटो पुगेपछि धेरै पुलहरु प्रयोग विहीन भएका छन् भने केही जिर्ण बन्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

बाग्लुङका विभिन्न स्थानमा नयाँ पुलहरु बनाउन सरकारी निकाय सक्रिय भएपनि भएका पुराना पुलहरु मर्मत सम्भार गर्न तर्फ कसैको ध्यान जान सकेको छैन । जिल्लाका केही स्थानमा भने स्थानीयहरु दैनिक आवत जावत गर्ने पुल जिर्ण बन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ५ को निसीदेखि टोड्के जोड्ने झोलुङ्गे पुल पनि लामो समयदेखि जिर्ण अवस्थामा छ ।

लामो समयदेखि पुल पुन ः निर्माण नहुँदा स्थानीय जोखिम मोलेरै वारपार गर्न बाध्य भएका हुन् । पुलको छेउछाउको सबै तारजालीहरु चुडिएका छन् भने वारपार गर्न प्रयोग गरिएका काठहरुसमेत कुहिएका छन् । जिर्ण पुल निर्माण नहुँदा जोखिम मोलेर यात्रा गर्न परेको भन्दै यस तर्फ कसैको ध्यान नगएको स्थानीयको गुनासो छ ।

पुलको लठ्ठा पुरानो भएर खिइएको छ भने अरु भाग सबै जीर्ण बनेको छ । खोला वारपार गर्नकोलागि निर्माण गरिएको पुल जिर्ण हुँदा ज्यान धरापमै राखेर यात्रा गर्न स्थानीय बाध्य छन् । पुलमा वारपार गर्दा पनि खोलामा खसिने जोखिम रहेको स्थानियको गुनासो छ । युवायुवतीहरु जसोतसो वारपार गर्ने गरेपनि भारी सामान लिएर पुल वारपार गर्न र बृद्धबृद्धा सहित बालबालिकालाई निकै कष्ट हुने गरेको छ ।

पुल निर्माण तर्फ स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यान नजाँदा स्थानीयले सास्ती खेप्नु परेको हो । टोड्के हाँस, पुछ«ा, भुकभुके, जलजला, निसी लगायतका करिब १ हजार बढि घर धूरीका स्थानीयहरु दैनिक यही पुल भएर वारपार गर्ने गरेका छन् । तर कुनै पनि निकायको ध्यान नजाँदा स्थानीय जोखिममा यात्रा गर्न बाध्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);