जिर्ण पुलका कारण चालक र यात्रु जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जिर्ण पुलका कारण चालक र यात्रु जोखिममा

बारा,१८ पुस । जिर्ण बनेका पुलकै कारण खोलामा बाढी आउन साथ यात्रुले सडक मै रात बिताउनु पर्दछ । बारम्बार आउने समस्याले यात्रु र चालकले समस्या खेप्नु परेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बारा र मकवानपुर जोड्ने बाराको को जित्पुर सिमरा उपमाहानगरपालिकाको अमलेखगन्जमा पर्ने ३ नम्बर पुल पनि उच्छ जोखिममा छ । निजगढ खन्ड को दुधौरा पुल को एउटा पिल्लर भासिए पछी प्रहरी ले आवागमनमा रोक लगाएको छ । पुल निर्माण नहुँदा बर्षत को समयमा यात्रुहरु जंगल बिच सडक मै रात बिताउन बाध्य हुने गरेका छन ।

बाराको निजगढ नगरपालिका स्थित बकैया नदिको पुल पनि भत्किने खतरामा छ । रोडा र ढुङ्गा को जथाबाबी उत्खननले गर्द खोला गहिरिदै जादा पुलहरु जोखिममा छन ।

राजमार्गमा धेरै यस्ता पुलहरु छन जस्को समयमै मर्मत नगर्नेहो भने ठुलो दुर्घटना हुन सक्ने , मध्य ज्ञत्रीय ट्राफिक प्रहरी कार्यालयले जनायो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);