अब राजमार्ग मात्रै होइन, पुल पनि चार लेनका | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अब राजमार्ग मात्रै होइन, पुल पनि चार लेनका

pool

काठमाडौं, १३ पुस । सरकारले आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीति छ ।

सोही नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार गर्न थालेको हो, सरकारले ।

यसको शुरुवात सरकारले महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई लाभ मिल्ने गरी महाकालीमा चार लेनको पुल बनाउन लागिएको हो । करिब तीन अर्ब रुपैयाँमा बन्न लागेको उक्त पुलका लागि अहिले प्राविधिक तयारीहरु भइरहेको छ ।

विभागले अब महत्वपूर्ण मानिएका पुललाई चार लेनमै बनाउन जरुरी रहेको निष्कर्ष निकालेको छ ।

सडकहरुमा सवारीको चाप बढ्दै गएकाले त्यसलाई थेग्न सक्ने पुल निर्माण गर्न विभागले यस किसिमको योजना तयार गरेको हो ।

सडक विभागले पूर्व(पश्चिम राजमार्गअन्तर्गत् बाराको पथलैया(निजगढ खण्डको दूधौरा खोलाको पुल पनि चार लेनमै विस्तार गरिने सडक विभागका पुल महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए ।

लगातारको वर्षापछि गत साउनमा आएको बाढीले दूधौरा पुल भासिएको थियो । पथलैयाबाट तीन किलोमिटर पूर्वमा रहेको दूधौरामा रहेको पुल ०७३ को वर्षायाममा पनि भासिएको थियो ।

पुलका दुईतर्फकै पिल्लर भासिएपछि विभागले विकल्पमा चार लेनको पुल निर्माण गर्न लागेको हो ।

अब वर्षाका लागि सवारी आउजाउ गर्न अर्को बेलिब्रिज राखेर चार लेनको पुल बनाउन शुरु गरिने थापाले जानकारी दिए ।

‘त्यो पुलमा समस्या देखिएकाले अब विकल्पमा नगई नहुने भयो । त्यसैले अब नयाँ पुल निर्माणका लागि टेन्डरमा जाँदै छौं,’ थापाले भने, ‘अबको एक महिनाभित्रै बोलपत्र आह्वान गर्छौं ।’

सरकारले निजगढबाट काठमाडौं जोडिने फास्ट ट्रयाकलाई लक्षित गर्दै पथलैया निजगढ खण्डलाई चार लेनमा तत्काल स्तरोन्नति गर्दैछ । त्यसैका करण पनि उक्त खण्डमा बन्ने नयाँ पुललाई पनि चार लेनमै बनाउन लागिएको थापाले बताए ।

‘यो खण्डको सडक एकदमै सीधा लाइनमा छ । त्यसैले सवारी साधनले पुलमा आएपछि पास हुनका लागि रोकिनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्य हो, थापाले भने ।

उक्त पुल निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मुख्य राजमार्गलाई नाकाहरुसँग जोड्ने सडक फराकिलो बनाउने योजनाअनुरुप सरकारले वीरगन्ज(पथलैया र जनकपुर(जटहीको सडक पनि ६ लेनको बनाउँदैछ ।

भैरहवा(बुटवललाई ६ लेनमा विस्तार गरिसकेको सरकारले अन्य नाका जोड्ने मार्गलाई पनि विस्तार गर्ने योजना बनाएको छ । गड्डाचौकीदेखि महाकाली नदीपारिका गाउँ दोधारा र चाँदनीसम्म पनि ६ लेनको सडक बन्दैछ ।

सरकारले पूर्व(पश्चिम राजमार्गको काँकडभिट्टा(बुटवल(गड्डाचौकी, पृथ्वी राजमार्गको काठमाडौं(पोखरा, अरनिको राजमार्गको सूर्यवनायक(धुलिखेल(तातोपानी र भैरहवा(लुम्बिनी(तौलिहवा(बहादुरगञ्ज सडकलाई चार लेनको आधुनिक राजमार्गमा स्तरोन्नति गर्ने घोषणा गरिसकेको छ । यी मार्गका विभिन्न खण्डमा अहिले सडक विस्तार भइरहेको छ ।

बुटवल(नारायणगढ खण्ड पनि विस्तारका लागि ठेक्का लगाइँदैछ । पोखरा(मुग्लिन खण्डको विस्तारका लागि तयारी गरिँदैछ ।

सवारीको चाप बढेपछि विस्तार हुन लागेका राजमार्गका धेरै पुलहरु पनि जोखिममा छन् । शहरका छेउमा रहेका नदीका पुलहरु सवारीको चाप उच्च छ । सोही कारण सरकारले अब बन्ने पुलहरुलाई सकेसम्म चार लेनमै निर्माण गर्ने नीति लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);