नेपाल भारत सीमा जोड्ने पुल निर्माणले नागरिकलाई सहज बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपाल भारत सीमा जोड्ने पुल निर्माणले नागरिकलाई सहज बन्दै

झापा, १७ भदौ । नेपालको पूर्वी नाकाको नेपाल भारत सीमा जोड्ने नयाँ पुल निर्माण भएसँगै पूर्वी नेपालका नागरिकलाई सहज भएको छ । लामो समयसम्म जीर्ण र सांगुरो पुलबाट आउजाउ जोखिम हुदै आएको थियो । तर, पछिल्लो समय नाकामा नयाँ पुल निर्माण भएपछि समस्या हल भएको हो ।

नेपाल भारत जोड्ने पूर्वी नाका काँकरभिट्टाको मेची नदीमा ६ लेनको पक्की पुल निर्माण भएको छ । योसँगै पूर्वी नेपालका नागरिकमा आउजाउ सहज भएको छ । नेपालको सीमा क्षेत्रका नदीमध्ये मेची नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो र लामो ६ लेनको पक्की पुल बनेको हो ।

एशियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा भारत सरकारले पुल निर्माण गरेको हो । पुलको लम्बाई ७ सय ९० मिटर र चौडाई २४ दशमलव २ मिटर रहेको छ । पुल भारतको राष्ट्रिय राजमार्ग एवम् पूर्वाधार विकास निगमले अनुगमन गरेपछि मात्र हस्तान्तरण हुनेछ । पुल बनेसँगै पूर्वी नेपालमा उत्पादित वस्तुहरुको भारत निर्यात सहज हुने भएको वडाध्यक्ष ललितकुमार तामाङले बताउनु भयो ।

निर्माण सम्झौताको ४ महिना अगावै निर्माण कार्य सम्पन्न भएको छ । पुलसँगै डेढ किलोमिटर लामो एशियन हाइवेको एप्रोच सडक समेत निर्माण गरिएको छ । भारतको दिनेशचन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरी देखि पुल निर्माणको काम प्रारम्भ गरेको थियो ।

कोरोना महामारीले पुल निर्माणमा असर पारे पनि तत्काल भारत सरकारले ठूला र महत्वपूर्ण योजना सञ्चालन गर्ने नीति लिएसँगै निर्माणको काम अघि बढेको थियो । निर्माण कार्यमा एशियाली विकास बैंक एडीबीको १ अर्ब ३ करोड ७८ लाख भारतीय रुपैयाँ खर्च भएको छ । पुलसँगै नेपाल तर्फको केही भाग सडक बनेपछि स्थानीयलाई सहज भएको हो ।

पहिलो चरणको लकडाउनको समयमा निर्माण कार्य आधा मात्र भएको थियो । तर लकडाउनका समयमा पनि निर्माण कार्य अघि बढेपछि आयोजना पुरा भएको हो । यो नाका, नेपाल भारतका साथै तेस्रो देशसम्मको व्यापारीक नाका हो । पूर्वी नाकाबाट सुरु भएको सडक र पुल निर्माण कार्य देशका सबै क्षेत्रमा चाडै बिस्तार गर्न सके यस क्षेत्रमो विकास अझ बढ्न सक्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);