झापाको भद्रपुरमा मेची नदिमा निर्माणाधिन पुल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापाको भद्रपुरमा मेची नदिमा निर्माणाधिन पुल

काठमाडौ, ११ पुस। दक्षिणी झापाबासीको सात दशकदेखिको संघर्ष र दबावपश्चात निर्माण सुरु भएको बहुप्रतीक्षित मेची पुल अन्तिम चरणमा पुगेको छ । भारतीय सीमावर्ती नाका जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन मेची पुल २०७४ माघ मसान्तसम्म तयार हुने निर्माण कम्पनीले जनाएको छ ।

सरकारले २०६६ साल माघ २१ गतेदेखि मेची पुल निर्माण सुरु गरेको हो । तीन वर्षभित्रै बनिसक्नुपर्ने मेची पुल आठ वर्ष पूरा हुँदा बल्ल ९५ प्रतिशत सम्पन्न भएको छ ।
पुल निर्माण माघभित्रै सकिने भए पनि पुल जोड्ने सडक निर्माण कार्यमा भने ढिलासुस्ती भइरहेको छ । पुलको पूर्वतर्फ अर्थात् भारतीय भूमिसँग जोड्ने सय मिटर सडक र पश्चिमतर्फ एक सय ८० मिटर लामो सडक अधुरै छन् । पूर्वतर्फ विहार सरकारले सडक निर्माण योजना अघि बढाउँदै गर्दा नेपालको भद्रपुर जोड्ने सडक निर्माणका लागि निजी र सरकारी संरचना अहिलेसम्म हटाइएको छैन । मुआब्जा वितरण गर्नुपरेकाले केही ढिलाइ भएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।
नेपाल–भारत सीमावर्ती नाका जोड्ने पुलको कुल लागत करिब ३३ करोड रुपैयाँ छ । पुलको लम्बाइ पाँच सय ६० मिटर र चौडाइ ११ मिटर छ । निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा भद्रपुरलगायत दक्षिणी झापावासीको पुल अवलोकन गर्न भीड लाग्ने गरेको छ । पुल निर्माणपछि यो क्षेत्रको आर्थिक विकासले गति लिने उनीहरूको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);