इलामबाट तराई जोड्ने फास्ट ट्रयाक खुलेसँगै स्थानीयमा खुशी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

इलामबाट तराई जोड्ने फास्ट ट्रयाक खुलेसँगै स्थानीयमा खुशी

टिका खतिवडा
इलाम, १० बैशाख । इलामको सदरमुकाम इलाम बजारबाट तराई जोड्ने फास्ट ट्रयाक खुलेसँगै स्थानीयमा खुशी छाएको छ । मेची राजमार्ग भन्दा फास्ट ट्रयाक हुँदै झापाको बिर्तामोड पुग्ने दुरी आधा घट्ने भएपछि स्थानीय खुशी भएका हुन् ।

इलाम बजारबाट तराई जोड्ने फास्ट ट्रयाक खुलेसँगै छोटो दुरीबाट नै झापा बिर्तामोड पुग्न सकिने भएको छ । मेची राजमार्गको दुरी इलाम विर्तामोड ८३ किलोमिटर रहेकोमा फास्ट ट्रयाक खुलेपछि ४७ किलोमिटरमै झापाको विर्तामोड पुग्न सकिने भएको हो ।

इलाम नगरपालिका-९ को भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने दश किलोमिटर नयाँ ट्रयाक खुलेसँगै इलाम बजारबाट झापा पुग्न सहज हुने भएको हो । २०७४ सालमा निर्वाचन पुर्वाधार विकास कार्यक्रममार्फत १४ लाख ५५ हजार रकम र तत्कालिन जिल्ला विकास समितिको दुई लाख ५० हजार रुपैयाले नयाँ ट्रयाक खोल्न शुरु गरिएको थियो ।

इलाम भञ्ज्याङबाट नयाँ ट्रयाक खुलेपछि राकसे हुँदै माइनगरपालिका दानाबारी र झापाको खुदुनाबारी पुरानो सडकमा यातायात सञ्चालन हुन थालेसँगै थोरै समयमा नै झापा बिर्तामोड पुग्न सकिने र सामान ढुवानी गर्न समेत सहज भएको स्थानीयहरुको भनाई छ ।

चालु वर्षमा इलाम नगरपालिकाको १५ लाख र एक नम्बर प्रदेशबाट पाँच लाखको लागतले उक्त सडक खण्डको ट्रयाक खुलेको हो । सडक निर्माण गर्न उपभोक्ता समिति मार्फत काम गरिएको थियो । १५ लाख लागतले आठ मिटर चौडा भएको सडक एक हजार सात सय मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको थियो ।

घोर्लेभीरसम्म सडक फराकिलो पार्ने काम भएपनि त्यहाँदेखि बेलासेको सोयाक चिसापानी सडकसम्म सडक अmझै साँगुरै छ । तर हिउँदका दिनमा सहज रुपमा सवारी गुड्न सक्ने बताइएको छ । उक्त सडकका लागि हाल रणनैतिक सडक योजना अन्तर्गत एक करोड बजेट छुट्टीएको र त्यसबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए ।

इलाम देखि विर्तामोड पुग्न सडकका विचमा विभिन्न खोला तर्नुपर्ने भएपनि केहि पुल निर्माण भइसकेका छन् । पुवाखोलामा पुल बन्न बाँकी रहेपनि माइखोलाको बेलासेमा पुल बनिसकेका छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ ।

दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै उक्त सडकमा पर्ने बुढि सुखानी र टाङटीडको पुल निर्माण भएको छ । मेची राजमार्गबाट झापा जोड्न करिव तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकोमा अव भञ्ज्याङ बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापा सम्म पुग्न सजिलो भएको छ । यस सडकको स्तर उन्नती र बाह्रै महिना सवारी गुड्न सक्ने बनाउनु पर्ने स्थानियले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);