पुल निर्माण भएको ६ महिना बितिसक्दा पनि गाढी चल्न पाएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुल निर्माण भएको ६ महिना बितिसक्दा पनि गाढी चल्न पाएनन्

खगेन्द्र घिमिरे
झापा, ४ मंसिर । नेपाल–भारत सीमावर्ती नाकासंग जोडिएको भद्रपुरस्थित मेची नदीमा पुल निर्माण भएको ६ महिना बितिसकेको छ । तर, नेपालतर्फको मुआब्जा बिवादले सडक नवन्दा बनेको पुलमा पनि गाढी चल्न पाएका छैनन ।

६ महिना अघि मेची पुल निर्माण सम्पन्न भएपछि भद्रपुरबासीले आफुहरुको सात दशकदेखिको सपना पुरा हुने अपेक्षा गरेका थिए । तर, नेपाल तथा भारततर्फ सडकनै नबनेपछि उनीहरुको सपना सपनामै सिमित छ ।

नेपाल सरकारकै ३३ करोड लगानीमा निर्माण सम्पन्न गरेको यो पुललाई चाँडो संचालनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पनि दवाव दिईरहेको छ । तर, कहिले संचालनमा आउने टुंगो छैन । हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय इटहरीले पहिलो चरणको सडक खाली गराउने काम सुरु भईसकेको र चाँडै संचालनमा ल्याउने बताएको छ।

यता मेची पुल निर्माण भएसँगै सडक निर्माण कार्यमै पटक पटक समस्या बल्झिने गरेको छ । पुल जोड्ने सडक निकाल्नका लागि केही स्थानमा आयोजनाले सडक खाली गराउने काम गरेपनि नेपालतर्फकै १ हजार २ सय ९० मिटर सडक र भारततर्फ ४ सय मिटर सडक निर्माण कार्य अझै टुंगो लागिसकेको छैन ।

नयाँ बाटो निकाल्नलाई नेपाल सरकारले १ हजार २ सय ८० मिटरमा पर्ने पुरानो माछाहटियादेखि बसपार्क हुँदै झापाचोकसम्म जोड्ने सडक खण्डमा पर्ने स्थानीयले मुआब्जाको माग राख्दै आन्दोलित बनेका छन् । सरकारले सडक विस्तारको नाममा स्थानीयलाई सुकुम्बासी बनाउन खोजिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

हुलाकी राजमार्ग निर्देशनालय काठमाडौंले मेची पुलको सडकलाई हुलाकी राजमार्गसंग जोड्ने उद्देश्यले डेढ किलोमिटर सडक निर्माणका लागि टेण्डर आव्हान गरी ठेक्का स्वीकृत गरिसकेको छ ।

तर, जग्गाधनीलाई कुनै सूचना नदिई जमिन अतिक्रमण गरी सडक विस्तार गर्ने सरकारको निर्णयले व्यक्तिको नीजि सम्पत्ती माथि सरकारले ठाडो हस्तक्षेप गरेको पीडित संघर्ष समितिको आरोप छ ।

मेची पुल उद्घाटन भएपनि पुलको आगमन सहज बनाउन दुवै देशमा सडक निर्माण कहिले पुरा हुने हो त्यस बिषयमा अहिले सम्म केही टुंगो लागेको छैन । नेपालतर्फको मुआब्जा विवाद र भारतको विहार राज्यसंग जोड्ने सडक निर्माणका लागि स्थानीय तह भन्दा पनि केन्द्रीय सरकारकै पहल आवश्यक देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);